समाचार

आइतबार सार्वजनिक बिदा



काठमाडौँ, २५ फागुन । गुल्मी जिल्लाको छत्रकोट गाउँपालिकाले आइतबार सार्वजनिक बिदा दिएको छ ।

गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेका अनुसार गाउँपालिकाको आठौँ स्थापना दिवसकोअवसरमा फागुन २७ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।

पालिकाले सूचना जारी गर्दै गाउँ कार्यपालिकाको फागुन २३ गते बसेको बैठकको निर्णयानुसार आठौँ स्थापना दिवसको अवसरमा गाउँपालिका मातहतका सबै सरकारी तथा गैरसरकारी (स्वास्थ्य तथा आकस्मिक सेवा बाहेक) संस्था तथा वित्तिय संस्थाहरुलाई सार्वजनिक बिदा दिइएको व्यहोरा उल्लेख छ । गाउँपालिकाले सार्वजनिक बिदा दिएर विविध कार्यक्रम समेत आयोजना गरेको छ ।