समाचार

करेन्ट लागेर दुई जनाको मृत्यु



कालीकोट, २६ फागुन । कालीकोटमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।

नरहरीनाथ गाउँपालिका–८ मा करेन्ट लागेर आज बिहान लालुका गाउँका ४३ वर्षीय केशवराज थापा र उनका २७ वर्षीय भतिज गङ्गा थापाको मृत्यु भएको हो । मृतक केशवराज थापा स्थानीय मङ्गलासैनी माध्यमिक विद्यालयको शिक्षक रहेका थिए ।