समाचार

हत्याको आरोपमा चारजना पक्राउ



काठमाडौँ, २६ फागुन । सिरहाको गोलबजारमा होटेल सञ्चालन गर्दै आएकी एक महिलाको आफ्नै घरभित्र हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार ढुंगा र धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा गोलबजार नगरपालिका‐६ का महेन्द्रकुमार साहकी श्रीमती ३२ वर्षीया अनिताकुमारी साहको शव फेला परेको हो । स्थानीय सिकन्द्र पूर्वेको घर भाडामा लिएर विगत एक वर्षदेखि होटेल सञ्चालन गर्दै आएकी साहको गर्दन काटएको तथा टाउको क्षतविक्षत भएको अवस्थामा घरभित्र शव फेला परेको हो ।

गए राति अनिताकुमारी र निजका पति महेन्द्र साहमाथि कुटपिट भएको खबर पाएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । प्रहरी टोलीले ३५ वर्षीय महेन्द्रलाई गम्भीर घाउचोटसहित बेहोस अवस्थामा फेला पारेको थियो । निजलाई तत्काल उपचारका लागि गोलबजार पु¥याइएको थियो ।

घटनामा संलग्न भएको आशंकामा चारजनालाई नियन्त्रणमा लिइएको छ । घटना भएको घरनजिकको गोठबाट एकथान खुकुरी बरामद भएको छ ।