राजनीति

म गिरफ्तारी दिन काठमाडौँ आएको हुँ : दुर्गा प्रसाईं



काठमाडौँ, २७ फागुन । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफू गिरफ्तारी दिन तयार रहेको बताएका छन् । 

आज झापाबाट काठमाडौँ आएका प्रसाईंले त्रिवि विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै आफू केही दिनपछि मात्र काठमाडौँ आउने तयारी भए पनि नयाँ गठबन्धनमार्फत नयाँ मन्त्रिमण्डल विस्तार भएसँगै आफूलाई पक्राउ गर्ने हल्ला चलाएकाले आफू काठमाडौँ आएको बताए । 

उनले भने, ‘जतिखेर पनि पक्राउ दिन दुर्गा प्रसाईं तयार छ । दुर्गा प्रसाईं  टाइगर हो टाइगर जिउँदै छ’  ‘रविजीलाई म के भन्छु भने मलाई समय दिनुस् म फाइल बुझाउँछु । तर फाइल खोल्ने आँट गर्नुस्’, उनले सहकारी ठगी प्रकरणमा मुछिएका जीवी राईलाई पक्राउ गर्न अनुमति दिए आफूले सात दिनमा पक्राउ गरेर ल्याइदिने बताए । ‘जीवी राई सन्तोष कार्कीकोमा बसेका छन् । मलाई गृहमन्त्रीले अनुमति दिए म सात दिनमा पक्राउ गरेर ल्याइदिन्छु ।’