राजनीति

अध्यक्ष ओलीद्वारा ग्याल्पो ल्होछारको शुभकामना



काठमाडौँ, २८ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ग्याल्पो ल्होछार पर्वको शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले सामाजिक सञ्जालमार्फत शेर्पा र उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायको नयाँ वर्ष ग्याल्पो ल्होछारको शुभकामना व्यक्त गर्नुभएको हो । 

अध्यक्ष ओलीले भन्नुभएको छ, ‘महायानी बौद्ध परम्परा अनुसार आज नयाँ वर्ष, अर्थात् शेर्पा समुदायले मनाउने ग्याल्पो ल्होसार । ग्याल्पो ल्होसारको सबैलाई शुभकामना !!’