समाचार

बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा एक जना पक्राउ



काठमाडौँ, ३० फागुन । बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पोखराबाट एक जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार १५ वर्षीय एक बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पोखरा ८, सभागृह बस्ने ४६ वर्षीय सुरेश श्रेष्ठलाई पक्राउ गरेको हो ।

उनलाई बाल यौन दुर्व्यवहार मुद्दामा कास्की जिल्ला अदालतबाट ५ दिन म्याद थरी अनुसन्धान प्रक्रिया अघि बढाइएको कास्की प्रहरीले जनाएको छ ।