समाचार

त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृङ्खला : नेपाल र पीएनजी भिड्दै



काठमाडौँ, ३० फागुन । हङकङमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधिका लागि आज नेपाल र पपुवा न्यु गिनी (पीएनजी) बीच भिडन्त हुनेछ ।

नेपाल र पीएनजीबिचको फाइनल खेल आज विहान ११ः४५ बजे सुरु हुनेछ । त्यसअघि आजै विहान हङकङ र हङकङको ‘ए’ टोलीबिच तेस्रो स्थानका लागि खेल हुनेछ । 

मंगलबार खेलिएको दोस्रो खेलमा आयोजक हङकङमाथि १० विकेटको सजिलो जित हात पार्दै पीएनजी शृङ्खलाको फाइनलमा पुगेको हो । टस जिती पहिले ब्याटिङको निणर्य लिएको हङकङले १८.३ ओभरमा अलआउट हुनुअघि एक सय २१ रन बनाएको थियो । 

जवाफी ब्याटिङमा ओर्लिएको पीएनजीले भने १२.४ ओभरमै कुनै पनि विकेट नगुमाई एक सय २४ रन बनाउँदै विजय लक्ष्य पार गर्‍यो । पीएनजीलाई दुवै ओपनरले नै जितसम्म डोर्‍याएका थिए । पीएनजीका दुवै ओपनरले अर्धशतक बनाए ।