समाचार

बारामा ६३ जना नयाँ कुष्ठ रोगी



बारा, १ चैत । बारा जिल्लामा १ वर्षको अवधिमा ६३ जना नयाँ कुष्ठ रोगी फेला परेका छन् । 

२०७९ साउनदेखि २०८० असारसम्ममा जिल्लाको १६ वटा पालिकामा ६३ जना नयाँ कुष्ठ रोगी फेला परेका हुन् । 

जसमध्ये पचरौता नगरपालिकामा ९ जना, कलैया उपमहानगर र कोल्हवी नगरपालिकामा ८-८ जना, आदर्श कोतवाल गाउँपालिकामा ६ जना, जीतपुर सिमरामा ५ जना रहेका छन् । जिल्लाका अन्य पालिकामा भने नयाँ थपिएका बिरामी सङ्ख्या ५ जना भन्दा कम रहेको छ । 

यो तथ्यांक मधेस प्रदेशका ८ जिल्ला मध्ये चौथो स्थानमा पर्दछ  ।  प्रति १० हजारमा रौतहटमा १ दशमलव ७५ जना, पर्सा जिल्लामा १ दशमलव ७१ जना, धनुषामा १ दशमलव ५५ जना, बारामा १ दशमलव ४६ जना, सिराहामा १ दशमलव ४१ जना, महोत्तरीमा १ दशमलव २० जना, सर्लाहीमा १ दशमलव १३ जना रहेका छन् । सबैभन्दा कम सप्तरी जिल्लामा प्रति १० हजार जनसङ्ख्यामा १ जना भन्दा कम अर्थात  ० दशमलव ७५ जनामा कुष्ठरोगको सङ्क्रमण देखिएको छ ।