राजनीति

परराष्ट्रमन्त्री श्रेष्ठ र पाकिस्तानी राजदूतबीच भेटवार्ता



काठमाडौँ, १ चैत । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई पाकिस्तानका राजदूत अब्रर हाश्मीले बधाई तथा शुभकामना दिएका छन् ।

नवनियुक्त उपप्रधान तथा परराष्ट्र मन्त्री श्रेष्ठलाई आज सिंहदरवार भेटवार्ता गर्दै राजदूत हाश्मीले बधाई तथा शुभकामना दिनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटमा उनीहरु बिच दुई देशको आपसी हितका बारेमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।