समाचार

जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ७ जना घाइते



काठमाडौँ, १ चैत । धरानबाट भोजपुरका लागि छुटेको जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

उदयपुर प्रहरीका अनुसार को १ ज २५९३ नम्बरको जिप उदयपुरको बेलका-७ मैनामनीस्थित चेङ्ग्रे भन्ने स्थानमा दुर्घटनामा परेको हो । अहिलेसम्म ६ जनाको मृत्यु भएको र घाइते ७ जनाको घाइतेको उद्धार गरी उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको छ । 

बिहान साढे १० बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेको सनाखत हुन सकेको छैन । ओरालो सडकमा ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ । यद्यपि दुर्घटनाको कारण खुलेको छैन । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।