Banner News

प्रधानमन्त्रीलाई गृहमन्त्रीले बुझाए सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदन



काठमाडौँ, २ चैत । गृहमन्त्री रवि लामिछानेले सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएका छन् ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका गृहमन्त्री लामिछानेले आयोगको प्रतिवेदन बुझाएका हुन् । यसअघि जाँचबुझ आयोगले विहीबार गृहमन्त्री लामिछानेलाई प्रतिवेदन बुझाएको थियो ।

गृहमन्त्रीबाट प्रतिवेदन बुझ्दै प्रधानमन्त्री प्रचण्डले सुन तस्करी प्रकरणमा मुछिएका जोसुकैलाई पनि कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका थिए ।