समाचार

मनि ट्रान्सफरका सञ्चालकमाथि गोली प्रहार



काठमाडौँ, २ चैत । मनि ट्रान्फसरका सञ्चालकमाथि रौतहटमा गोली प्रहार भएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका शिव मनि ट्रान्सफरका सञ्चालक २६ वर्षीय नितेश साहमाथि गोली चलेको हो ।

गोली चलाउने समूहका तीन जनालाई पक्राउ गरिएको छ । पक्राउ परेकाहरुको साथबाट हतियार समेत बरामद भएको छ । घाइतेलाई भने उपचारका लागि वीरगञ्ज पठाइएको छ । लुटेराको समूहले लुटपाट गर्ने उदेश्य गोली चलाएको पाइएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।