विश्व

चीनको अन्तरिक्ष स्टेसनद्वारा प्रारम्भिक परीक्षण पूरा



एजेन्सी, ३ चैत । चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा प्रारम्भिक परीक्षण पूरा गरेको छ ।

प्रयोगात्मक उपकरण र भौतिक नमूनाको पहिलो ब्याचका साथ परिक्रमा गर्ने अन्तरिक्ष यानलाई सुरक्षितरूपमा पुनः प्राप्त गर्दै परीक्षण पूरा गरेको चिनियाँ विज्ञान एकेडेमीको राष्ट्रिय अन्तरिक्ष विज्ञान केन्द्रले जानकारी दिएको छ ।

यसमा अतिरिक्त बाहन जोखिम परीक्षणसहितका प्राविधिक परिक्षण भएको छ । पृथ्वीमा रहेका वैज्ञानिक र जहाजमा रहेको रोबोटिकको सहयोगमा प्रयोगात्मक उपकरण र नमूनाहरू अन्तरिक्ष स्टेसनको बाहिरी भागबाट स्टेसनको एयरलक मोड्युलमा सारिएको थियो । परिक्रमा गर्ने टेकोनट दललाई पछि प्रयोगशाला मोड्युलमा सारियो ।

त्यहाँ उनीहरूले नमूनालाई अलग गरेर सङग्रहित गरे । केन्द्रले ती नमूनालाई सेनझोउ अन्तरिक्ष यानबाट पृथ्वीमा ल्याउने र थप अनुसन्धानका लागि वैज्ञानिकहरूलाई दिने जनाएको छ । अतिरिक्त बाहन एक्स्पोजर प्रयोगात्मक उपकरण सन् २०२३ मार्च ८ तारिखमा प्रक्षेपण गरिएको थियो ।