विश्व

टर्कीमा डुङ्गा डुब्दा २१ जनाको मृत्यु



टर्की, ३ चैत । टर्कीको एजियन तटमा शुक्रवार डुङ्गा डुब्दा कम्तीमा २१ गैरकानूनी आप्रवासीको मृत्यु भएको छ ।

उक्त घटना उत्तर पश्चिमी प्रान्त क्यानाक्कलेको इसेबात जिल्लाको तटमा भएको थियो । कानाक्कलेका गभर्नर इल्हामी अक्तासलाई उद्धृत गर्दै टीआरटीले घटनास्थलमा दुई हेलिकप्टर र दस कोस्ट गार्डको उद्धार डुङ्गाको सहयोगमा खोजी र उद्धार कार्य जारी रहेको बताएको छ । 

डुङ्गामा सवार व्यक्तिहरूको सही सङ्ख्या, उनीहरूको उद्देश्य गन्तव्य र घटनाका कारण बेपत्ताहरूको सङ्ख्या अस्पष्ट रहेको बताइएको छ ।