समाचार

आगलागीमा परी तीन बालबालिकाको मृत्यु



 काठमाडौँ, ४ चैत । भोजपुरको हतुवागडी गाउँपालिका–७ मा भएको आगलागीमा एकै परिवारका तीन जना बालबालिकाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार आगलागीमा परेर पाँच वर्षका प्रनिष कार्की, ७ वर्षकी दीपशिखा कार्की र ३ वर्षका बालक दियुनिष कार्कीको मृत्यु भएको हो ।

पाँच वर्षीय बालक प्रनिष कार्की, केदार कार्कीका छोरा हुन् भने अरु दुई जना केदारका भाइ रमेश कार्कीका छोराछोरी हुन् ।