समाचार

११ जना जुवाडे पक्राउ



ललितपुर, ४ चैत । ललितपुरबाट ११ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर ललितपुर समेतबाट खटिएको प्रहरीले महालक्ष्मी नगरपालिका-९ लुभु लामाटार भुजुङ्गे चोक बस्ने ४७ वर्षीय हरिबोल चौलागाईको घरमा जुवातास खेलिरहेको अवस्थामा चौलागाईसमेत ११ जनालाई पक्राउ गरेको हो ।

 प्रहरीले उनीहरूलाई नगद ३ लाख ६४ हजार १ सय २० रूपैयाँ र ६९ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।