राजनीति

११ जिल्लाका सीडीओको सरुवा र पदस्थापन



काठमाडौँ, ६ चैत । गृह मन्त्रालयले ११ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा र पदस्थापन गरेको छ । 

मन्त्रालयका अनुसार संखुवासभाको प्रजीअमा ध्रुब बहादुर खड्कालाई पठाइएको छ । सुर्य बहादुर खत्रीलाई अर्घाखाँची, बुद्धबहादुर गुरुङलाई लमजुङ र नारायण ढकाललाई ओखलढुंगाको प्रजिअमा पदस्थापन गरिएको छ । 

रोल्पामा खिम बहादुर रायमाझी, जाजरकोटामा ऋषिराज आचार्य र धनुषामा रामुराज कडरियालाई पदस्थापन गरिएको छ । खोटाङको प्रजिअमा शिव कुमार कार्कीलाई सरुवा गरिएको छ । दार्चुलाको प्रमुख जिल्ला अधिकारीमा यज्ञराज जोशी, तेह्रथुममा मीना अर्याल र ताप्लेजुङमा रविन्द्र आचार्यलाई सरुवा गरिएको छ ।