समाचार

श्रीमतीको हत्यापछि श्रीमानद्वारा आत्महत्या



काठमाडौँ, ७ फागुन । मोरङको बेलबारीमा एक पुरुषले श्रीमतीको हत्या गरेर आत्महत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मंगलबार राति करिब १ बजे बेलबारी नगरपालिका- १ भेडा टोलमा बस्दै आएका बमबहादुर लिम्बूले पत्नीको हत्यापछि आत्महत्या गरेका हुन् । उनका छोराले भने भागेर बाँचेका छन् ।

राति करिब १ बजे ६० वर्षीय बमबहादुरले ४५ वर्षीय पत्नी गीता लिम्बूलाई धारिलो हतियार (दाउ)ले प्रहार गरेका थिए । श्रीमतीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । लगतै बमबहादुरले त्यही दाउले आफ्नो घाटी रेटेर आत्महत्या गरेको देखिएको प्रहरीले जनाएको छ ।