Banner News

आयोगले राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न माग्यो सुझाव



काठमाडौँ, ७ चैत । निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ संशोधन गर्न सुझाव माग गरेको छ ।

आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले आज विज्ञप्ति जारी गर्दै मौजुदा कानुनमा संशोधन गर्नुपर्ने विषयहरूमा आयोगमा दर्ता कायम रहेका राजनीतिक दल, नागरिक समाज, आमसञ्चार जगत, सम्वद्ध निकाय तथा सरोकारवालाहरूलाई सुझाव दिन आग्रह गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, “संविधान र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ मा समयानुकूल संशोधन र परिमार्जन गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै दलहरूको दर्ता व्यवस्थापन र नियमनलाई अझ बढी प्रभावकारी बनाउन हालको राजनीतिक दलसम्बन्धी ऐन, २०७३ मा संशोधन गर्न आयोगले सम्बन्धित निर्वाचन आयुक्तको संयोजकत्वमा ऐन संशोधन निर्देशन समिति र आयोगका सचिवको संयोजकत्वमा ऐन संशोधन मस्यौदा समिति गठन गरी आवश्यक कार्य प्रारम्भ गरेको छ,” ।