अर्थ

परिसूचक नेप्से १५.३७ अंकले घट्यो



काठमाडौँ, ८ चैत । आज परिसूचक नेप्से १५.३७ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से परिसूचक २०४८ अंकमा कायम भएको छ । परिसूचक घट्दा कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ३ अर्ब ४९ करोडको कारोबार भएकोमा आज ४ अर्ब ३१ करोडको कारोबार भयो ।

कुल ४८ कम्पनीको मूल्य बढ्दा १८८ को घट्यो भने ८ को स्थिर रह्यो । व्यापार बाहेकका सबै समूहका सूचक घटे । ब्यापार समूह १८ अंक बढ्यो । माइक्रोफाइनान्स समूह सबैभन्दा धेरै १.३ प्रतिशत घट्यो । बैंकिङ ७, विकास बैंक १८, फाइनान्स ३, होटल तथा पर्यटन ५३, हाइड्रोपावर २१, जीवन बीमा ८६, उत्पादन ४, माइक्रोफाइनान्स ५३, निर्जीवन बीमा ८९ र अन्य समूह १४ अंक घटे ।

धौलागिरि लघुवित्त, सर्वोत्तम सिमेन्ट र किसान लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । हालै सूचीकृत भएको सर्वोत्तमको मूल्य प्रतिकित्ता ७३९ रुपैयाँ ९० पैसा पुगेको छ । कर्णाली विकास बैंकको ९, उन्नती सहकार्य लघुवित्तको ४.६ प्रतिशत बढ्यो ।