अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, ९ चैत । आज बजारमा सुन चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ३ सय रुपैयाँले घटेर प्रतितोला एक लाख २६ हजार ५ सयमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख २५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ५५ रुपैयाँले घटेर प्रतितोला १५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।