Banner News

महिला न्यायाधीश आउनका लागि आशालाग्दो वातावरण छ : सुशीला कार्की



काठमाडौँ, ९ चैत । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले महिला न्यायाधीश आउनका लागि अहिले आशालाग्दो वातावरण रहेको बताएकी छन् ।

ललितपुरमा आजबाट शुरु भएको महिला न्यायाधीशहरुको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले महिला न्यायाधीशहरु न्यायालयमा आउनका लागि अहिले आशातित वातावरण रहेको बताइन् ।

उनले भनिन्, ‘महिला न्यायाधीश आउनका लागि अहिले आशालाग्दो वातावरण छ । दुई अढाई वर्ष कति छ, हाम्रो आउने महिला प्रधानन्यायाधीशको । मेरा दिदि बहिनीहरुले अथवा हाम्रा न्यायाधीशज्युहरुका चेलीबेटी, आमाबैनी कोको हुनुहुन्छ, उनीहरुले आफ्नो दोहोरो भुमिका राम्रोसँग निभाएर काम गर्न सक्दछन्’ ‘राम्रै डिसिजन दिनसक्छन् । राम्रै काम गर्न सक्दछन् । किनभने मैले गरेको छु । मैले त्यो संघर्ष गरेको छु । कति पीडा हुन्छ, त्यो मैले भोगेको छु । एउटा पुरुषले दुःख पाएको छ भने महिलालाई पनि दण्ड सजाय महिलाले गरेका छन् । यो सम्मेलन शुरुवात हो । संविधानसम्मत काम हुनुपर्छ । यसका लागि हरेक सहयोग गर्ने पुरुषलाई धन्यवाद दिन्छु ।’