शैक्षिक

अनलाइनबाटै एनओसी दिने तयारी



काठमाडौँ, १० चैत । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, वैदेशिक अध्ययन शाखा (एनओसी) ले ‘फेसलेस’ सेवा दिने तयारी गरिरहेको जनाएको छ । अहिले विद्यार्थीले एनओसी लिनको लागि आवश्यक शैक्षिक प्रमाणपत्रहरू ‘ओरिजिनल डकुमेन्ट भेरिफाइ’ गर्न भौतिक रुपमा जानुपर्ने अवस्था छ ।

अहिले त्रिभुवन विश्वविद्यालयको शैक्षिक तथ्यांक (एकेडेमिक डेटा) एनओसी शाखाको पोर्टलमा एकीकृत (इन्टिग्रेट) गर्ने प्रक्रिया अगाडि बढाइएको छ । त्रिविसँगै पोखरा विश्वविद्यालयको तथ्यांक पनि एकीकरण गर्ने तयारी गरिएको छ । यी विषयको तयारी सकिएपछि अधिकांश विद्यार्थीले अनलाइनमार्फत नै एनओसीको सबै सेवा पाउनेछन् ।

शाखा र त्रिविबीच संवाद भइरहेको र दुवै पक्षका प्राविधिकहरूलाई अध्ययन गराएर कार्यान्वयनमा ल्याउने तयारी भइरहेको छ ।