राजनीति

एमाले सचिवालय बैठक बस्दै



काठमाडौँ, ११ चैत । नेकपा (एमाले)को सचिवालय बैठक आइतबार बस्दैछ ।

एमाले सचिवालय बैठक साढे ११ बजे ललितपुर, च्यासलस्थित पार्टी कार्यालयमा बस्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । राष्ट्रिय प्रतिनिधि परिषद् बैठकको तयारी, उपनिर्वाचन लगायतका विषयमा छलफल गर्न एमालेले सचिवालय बैठक बोलाएको हो । इलाम—२ को प्रतिनिधि सभा र बझाङ—१ को प्रदेश सभा सदस्यका लागि वैशाख १५ गते उपचुनाव हुँदैछ । त्यसमा उम्मेदवार तय गर्न सम्बन्धित जिल्ला र प्रदेश कमिटीबाट उम्मेदवार सिफारिस भएर आएका छन्। इलाम—२ का लागि ६ जनाको नाम सिफारिस भएको छ। बझाङ—१ मा तीन जनाको नाम सिफारिस भएको छ । तीन नामहरूबारे आज छलफल हुने एमालेले जनाएको छ ।

यसका अतिरिक्त सातौं केन्द्रीय कमिटी बैठक र सचिवालय बैठकका निर्णयहरू सर्कुलर (अन्तरपार्टी निर्देशन) कारूपमा पठाउन पनि बैठक बस्न लागेको एमालेले बताएको छ ।