अर्थ

नेप्से परिसूचक १०.८३ अंकले घट्यो



काठमाडौँ, १४ चैत । सेयर बजारमापक नेप्से परिसूचक आज १०.८३ अंकले घटेर २०३०.८६ को विन्दुमा झरेको छ । 

आज ३१० धितोपत्रको ६० लाख ४७ हजार २१ कित्ता सेयर दुई अर्ब २३ करोड ५४ लाख ८५ हजार ५३४ रुपैयाँमा किनबेच भएको छ । १३ उपसमूहको समूहगतमध्ये १२ वटाको समूहगत सूचक घटेको छ । 

उत्पादन तथा प्रशोधन उपसमूहको समूहगत सूचक ०.९१ प्रतिशतले बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । यसदिन सर्वाेत्तम सिमेन्टको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । कालिका लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ५.६६ प्रतिशतले घटेको छ ।