अर्थ

आजको सुनचाँदीको मूल्य



काठमाडौँ, १६ वैशाख । आज बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ४ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ३७ हजार ६ सयमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने १५ रुपैयाँले घटेर प्रतितोला १६ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।