राजनीति

नकपा एसले टुंग्यायो इलाम– २ राई र बझाङमा सिह



काठमाण्डौ,१४ चैत । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले इलाम २ र बझाङ१ मा उठाउने उम्मेदवारको नाम टुंग्याएको छ ।
नेकपा एसले इलाम२ मा जीतबहादुर राई र बझाङ १ मा दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए । इलाम(२ मा हुने प्रतितिधिसभाको उपनिर्वाचनमा उम्मेदवार बनाइएका जीतबहादुर माइजोगमाई गाउँपालिकाका पूर्वअध्यक्ष पनि हुन् ।
२०७४ को स्थानीय तहको निर्वाचनमा एमालेबाट गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका जीतबहादुर २०७९ को निर्वाचनमा भने गाउँपालिका अध्यक्षमा पराजित भएका थिए ।
त्यसरी नै सिंह भने नेकपा एसका बझाङ अध्यक्ष हुन् ।