समाचार

भिरबाट लडेर एक जनाको मृत्यु 



काठमाडौँ, १५ चैत । दाङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार बबई गाउँपालिका वडा नम्बर ७ मलई  खोला जंगलमा घाँस काटेर घर फर्किने क्रममा भिरबाट लडेर १८ वर्षीया करिष्मा घर्तीको मृत्यु भएको हो ।

बुधबार बिहान साढे ८ बजेतिर करिस्मा भिरबाट अन्दाजी ६५ मिटर तल खसेकी थिइन् । करिष्मासँगै सोही ठाउँकी सुष्मा पुन पनि घाँस काट्न गएकी थिइन् । तुलसीपुरमा अध्ययनरत घर्ती बिदाको समय घर गएकी थिइन् ।