राजनीति

दिल्लीमा डा.आरजुको शल्यक्रिया



काठमाडौँ, १५ चैत । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् सांसद डा. आरजु राणाको भारतमा शल्यक्रिया भएको छ ।

थाइराइड सम्बन्धी समस्याबाट पीडित उनको नयाँदिल्लीस्थित म्याक्स हस्पिटल, साकेतमा बुधबार शल्यक्रिया भएको हो । शल्यक्रिया सफल भएको र स्वास्थ्य सुधारोन्मुख रहेको आरजुका स्वकीय सचिव कमल रावलले जानकारी दिएका छन् ।

चिकित्सकको परामर्शअनुसार उनी अझै केही समय अस्पतालमै रहेर उपचार गर्नुपर्ने रावलले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा लेखिएअनुसार आरजु विगत दुई वर्षदेखि स्वास्थ्य समस्याका कारण भारतको नयाँदिल्लीमा उपचार गराउँदै आएकी थिइन् । यही चैत २ गते संघीय संसद् सचिवालयलाई जानकारी गराइ उनी उपचारका लागि दिल्ली गएको र १४ गते हाइपरप्याराथाइरोडिजमको शल्यक्रिया गराएको रावलले विज्ञप्तिमा उल्लेख गरेका छन् ।