Banner News

महिला उद्यमी कोष स्थापना गर्न प्रधानमन्त्री सकरात्मक



काठमाडौ १६ चैत । प्रधानमन्त्री दाहालले महिला उद्यमशिलता विकासको माध्यमबाट नेपाली महिलाको सामाजिक तथा आर्थिक सशक्तिकरण गरी राष्ट्र निर्माणमा सहयोग गर्ने परिकल्पनालाई सार्थक तुल्याउन महिला उद्यमी कोष स्थापना गर्नुपर्ने महासंघको मागलाई आफूले सकारात्मक रूपमा लिएको बताए ।शुक्रबार ललितपुरमा महिला उद्यमी महासंघ, नेपालको आयोजनामा सञ्चालन भएको ७औं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको उद्घाटन गर्दै उनले महिलाहरू आर्थिक हिसाबले सशक्त भएमात्र साँचो अर्थमा सशक्तिकरण हुन सक्ने बताए ।
महिला उद्यमीलाई विगतमा दिइएको सुविधा पनि गत सालदेखि झिकिएको कुरा सुन्न आएको भन्दै त्यसलाई फेरि जोडिने भन्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री दाहालले महिला उद्यमीको नेतृत्वमा सञ्चालन भइरहेका उद्योगहरूलाई प्रवर्द्धन गर्न, कर छुटलगायतका सुविधा उपलब्ध गराउन पहल लिने विश्वास जनाए ।