Banner News

कांग्रेस फेरि सरकारमा आउँछ : महामन्त्री थापा



काठमाडौँ, १६ चैत । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस पुनः सरकारमा पुग्ने दाबी गरेका छन् ।

संवाद यात्राका क्रममा कपिलवस्तुको लगानीमा आयोजित कार्यक्रममा उनले पार्टी फेरि सरकारमा पुग्ने बताए । उनले भने, ‘भर्खर त गएको हो । एकडेढ हप्ता भयो,’ ‘फेरि आइहाल्छ । धेरै पनि छैन । केही समय पछि फेरि आउँछ । सरकारले त कांग्रेसलाई पछ्याइहाल्छ ।’

देशलाई सम्हालेर निराशाबाट बाहिर निकाल्न सक्ने कांग्रेस मात्रै भएको उनले बताए । एमाले, माओवादी, नयाँ दलसँग निराशाबाट देशलाई चरित्र नभएको महामन्त्री थापाले बताए । ‘नेकपा एमालेसँग आन्दोलन गर्ने क्षमता छ । मधेसी पार्टीहरूसँग नागरिकलाई उद्वेलित बनाउने क्षमता छ । नयाँ पार्टीसँग हल्ला गर्ने क्षमता होला,’ उनले भने, ‘तर, मुलुकलाई निराशाबाट बाहिर निकाल्ने क्षमता र चरित्र भएको पार्टी कांग्रेस नै हो ।’