समाचार

नेपाल ‘ए’ र आयरल्याण्ड ए बीचको दोस्रो टी–२० खेल आज



काठमाडौँ, १७ चैत । नेपालको ए टोली र आयरल्याण्डको ए टोलीबीचको मैत्रीपूर्ण दोस्रो टी–२० खेल आज हुँदैछ ।

दुई टोलीबीच हिजोदेखि शुरु भएको तीन खेलको टी–२० शृङ्खला अन्तर्गत आज दोस्रो खेल हुनेछ । खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा दिउँसो एक बजेदेखि शुरु हुनेछ ।

हिजो भएको पहिलो खेलमा नेपालको ए टोली २१ रनले पराजित भएको थियो । यो श्रृङ्खला जोगाउन नेपालको टोलीलाई आज जित्नैपर्ने दबाब छ । श्रृङखलाको तेस्रो तथा अन्तिम खेल पर्सि सोमवार हुनेछ । टी–२० शृङ्खलापछि यी दुई टोलीले आउने बुधवारदेखि शुरु हुने तीन खेलको एकदिवसीय शृङ्खलामा खेल्नेछन् । आयरल्यान्ड ए टोलीलाई आयरल्यान्ड उल्भ्स नाम दिइएको छ ।