राजनीति

महालेखा परीक्षकमा तोयम राय सिफारिस 



काठमाडौँ, १८ चैत । महालेखा परीक्षकमा सचिव तोयम रायलाई सिफारिस गरेको छ ।

संवैधानिक परिषदको बैठकले अहिले बिहान उनलाई सिफारिस गरेको बताइएको छ । हाल तथ्यांक कार्यालयको प्रमुख तथ्यांक अधिकारी राया पूर्वअर्थसचिव हुन् ।

गत जेठ ८ गते टंकमणि शर्मा सेवानिवृत्त भएपछि यो पद रिक्त रहेको थियो ।