Banner News

रविलाई प्रधानमन्त्रीले क्लिन चिट दिएको भन्दै कांग्रेसले गर्‍यो विरोध



काठमाण्डौ,१८ चैत । नेपाली कांग्रेसले आज प्रतिनिधिसभाको बैठकमा पनि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणबारे संसदीय छानबिन समिति बनाउनुपर्ने मागलाई कायमै राखेको छ । कांग्रेसका सांसद सञ्जय गौतमले संसदीय समिति गठन गर्न संसदको ध्यानाकर्षण गराए हुन ।

सूर्यदर्शन सहकारीबाट अवैध रकम निकालेर हिनामिना गरेको भन्दै कांग्रेसले संसद अवरोध गर्दै आएको छ । ‘प्रधानमन्त्रीले न्यायाधीश जस्तो हुकुम प्रमांगी दिने क्लिन चिट दिने काम गर्नुभयो । प्रहरी प्रमुखले पनि क्लिन चिट दिनुभयो । गोर्खा मिडिया नेटवर्कको नाममा ८० करोड भन्दा बढी रकम जम्मा भएको छ । मिडिया सञ्चालनमा पनि छैन । त्यसको जवाफ कसले दिने ?उनले भने ।