समाचार

खोलामा डुबेर एक जनाको मृत्यु



गुल्मी, १८ चैत । गुल्मीमा डुबेर एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार माछा मार्नेक्रममा मुसिकोट नगरपालिका–४ का २१ वर्षका सन्दीप कुमालको बडीगाड खोलामा डुबेर मृत्यु भएको हो ।

उनी शुक्रबार दिउँसो बडीगाड खोलामा माछा मार्नको लागि जाल हान्ने क्रममा अचानक खोलामा खसेका थिए । उनी खोलामा डुबेपछि सँगै गएका १५ बर्षका पवन कुमालले स्थानीयलाई खबर गरेर उद्धार गरेका थिए । अचेत अवस्थामा रहेका कुमाललाई उपचारको लागि लुम्बिनी प्रभास हस्पिटल लगिएको थियो । उनको उपचारको क्रममा अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।