समाचार

घुससहित वडाध्यक्ष पक्राउ



काठमाडौँ, १८ चैत । कपिलवस्तुको महाराजगन्ज नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष उजेर अलीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ गरेको छ । 

घरबाटो सिफारिस दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको उजुरी निवेदनका आधारमा खटिएको अख्तियारको टोलीले उनलाई १५ हजार रकमसहित रंगेहात पक्राउ गरेको हो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले उनलाई कार्यकक्षबाटै नियन्त्रणमा लिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।