राजनीति

पूर्वमन्त्री किराँतीले प्रहरी सुरक्षा नलिने



काठमाडौँ, १९ चैत । पूर्वमन्त्री तथा माओवादी केन्द्रका नेता सुदन किराँतीले प्रहरी सुरक्षा नलिने घोषणा गर्नुभएको छ ।

अघिल्लो गठबन्धन सरकारको पालामा पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री हुनुभएका नेता किराँतली आफुले पूर्वमन्त्रीको रुपमा पाउने प्रहरी सुरक्षा नलिने बताउनुभएको हो । उहाँलाई सुरक्षा थ्रेट नभएका कारण राज्यलाई सानो भए पनि थप योगदान पुर्याउने लक्ष्यका साथ उक्त घोषणा गर्नुभएको हो ।

उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘पूर्वमन्त्रीहरुले सुबिधा स्वरुप प्राप्त गर्ने प्रहरी सुरक्षा नलिएको जानकारी गर्छु । कारण(आफुलाई सुरक्षा चुनौतीको अनुभुती नभएको र सानै भए पनि राज्यलाई योगदान होस् भनेर । धन्यवाद १’