काठमाडौँ, २० चैत । सत्ता गठबन्धनले सबै प्रदेशमा मुख्यमन्त्री आलोपालो गर्ने गरी भागबण्डा टुंगो लगाएको छ ।
सहमति कार्यान्वयन भए सबैभन्दा धेरै सुदूरपश्चिममा मुख्यमन्त्री हुनेछन् । चार दलले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएकाले त्यहाँ हरेक ११ महिनामा मुख्यमन्त्री फेरिने छ ।
प्रदेशको भागबण्डा टुंगो लगाउन सत्ता गठबन्धनका नेताहरु निरन्तर छलफलमा जुटेका थिए । सत्ता गठबन्धनको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रदेशसभामा नभएकाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अरु दलसँग छलफल गरेका थिए ।
पहिलो चरणमा कुन प्रदेशमा कसको नेतृत्व ?
कोशी : एमाले
मधेश : जसपा
बागमती : माओवादी
गण्डकी : एमाले
लुम्बिनी : माओवादी
कर्णाली : एमाले
सुदूरपश्चिम : नाउपा
सत्ता गठबन्धनमा कोशी प्रदेश सरकारमा एमाले नेतृत्वमा सरकार बनाउने सहमति भएको छ ।
प्रतिक्रिया दिनुहोस्