Banner News

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै



काठमाडौँ, २१ चैत । नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक आज पनि बस्ने भएको छ ।

उपनिर्वाचनको उम्मेदवार टुङ्गो लगाउन आज बैठक बस्न लागेको हो । सभापति देउवाले बैठकमा इलाम–२ मा डम्बर खड्का र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र १ मा अभिषेक सिंहलाई उम्मेदवारका रूपमा प्रस्ताव गरेका थिए । सभापति देउवाको प्रस्तावमा नेता शेखर कोइराला र महामन्त्री गगन थापाले असहमति जनाएपछि उम्मेदवारको टुङ्गो लाग्न सकेको थिएन । यसअघि हिजो साँझ बसेको बैठकमा सभापति शेरबहादुर देउवा र शेखर–गगन पक्षबिच उम्मेदवार चयनमा विवाद भएपछि कुनै निर्णय लिइएको थिएन । 

कांग्रेस प्रवक्ता प्रकाशशरण महतका अनुसार आज दिउँसो २ बजे उम्मेदवार टुङ्ग्याउन पुनः बैठक बस्नेछ ।  उनका अनुसार कार्यसम्पादन समिति बैठकको निर्णय अनुमोदन गर्न आजे अपराह्न ४ बजे संसदीय बोर्डको बैठक बस्ने छ ।