अर्थ

नेप्से परिसूचक ३.४३ अंकले घट्यो 



काठमाडौँ, २१ चैत । आज सेयर बजार मापक नेप्से परिसूचक ओरालो लागेको छ । आज नेप्से ३.४३ अंकले घटेर २००६.७८ को बिन्दुमा पुगेको छ । 

३२२ धितोपत्रको ६४ लाख ८१ हजार ८३४ कित्ता सेयर दुई अर्ब ५३ करोड ६२ लाख ३३ हजार ९८६ रुपैयाँमा किनबेच भएको छ । १३ वटा उपसमूहमध्ये १० वटाको समूहगत सूचक घटेको छ । तीनवटाको समूहगत सूचक बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

गुरास  लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । रिभर फल्स पावर लिमिटेडको सेयर मूल्य सर्वाधिक ४.४० प्रतिशतले घटेको छ ।