मनोरञ्जन

राजेशपायल राई छुटे



काठमाडौँ, २२ चैत । गायक राजेशपायल राईलाई प्रहरीले छाडेको छ । मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा बुधबार राति पक्राउ परेका राईलाई बिहीबार छाडिएको हो ।

प्रहरी वृत्त नयाँ बानेश्वरका अनुसार राईसहित ८ जनालाई छाडिएको हो । राजेशपायल राईसहित तीन जनालाई मदन भण्डारी कलेज अगाडिबाट प्रहरीले पक्राउ गरेको थियो ।

बानेश्वर वृत्तले पक्राउ गरेका राईसहित ३ र अन्य ठाउँबाट पक्राउ परेका ५ जना गरी ८ जनालाई नै छाडिएको हो । पक्राउ परेका आठै जनालाई सम्झाइबुझाइ गरी आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।