समाचार

ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु



काठमाडौँ, २५ चैत । सुनसरीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । 

प्रहरीका जिल्लाको गढी गाउँपालिका-२ झोडा पिपल चोकस्थित सडकमा हाल नम्बर नखुलेको ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने ७३ वर्षीया भुलकुन देवी यादवको शनिबार मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएकी उनको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्याक्टर र चालकको प्रहरीले खोजी गरिरहेको दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।