Banner News

निर्वाचन व्यवस्थापनसम्बन्धी विधेयक तत्काल संसद‍्मा पेश हुन्छ : गृहमन्त्री लामिछाने



काठमाडौँ, २५ चैत । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले निर्वाचनसम्बन्धी विधेयक तत्काल संसद‍्मा पेश गर्ने बताएका छन् ।

आज निर्वाचन आयोगका पदाधिकारीहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले राजनीतिक दलसम्बन्धी विधेयक र निर्वाचन आयोगसम्बन्धी विधेयक तत्काल संसद‍्मा पेस गर्ने बताएका हुन् । 

उनले भने, ‘आयोगले विशेष गरेर यो निर्वाचनलाई सही ढंगले लिएर जाने हाम्रो अहिले पछिल्लो समय जुन निर्वाचन प्रणाली छ । राजनीतिक रूपमा जुन अलि विचलन जस्तो देखिएको छ । जसका कारणले प्रभाव परेको छ । त्यसलाई कसरी सुधार गर्न सकिन्छ भन्ने कुरामा अत्यन्तै प्रभावकारी हुने विषयहरू निर्वाचन आयोगले राखेको छ । ती कुराहरू यदि हामीले समावेश गर्नसक्यौँ र जुन विशेष गरेर राजनीतिक दलसम्बन्धी कानुनको कुरा र निर्वाचन आयोग सम्बन्धी कानुन, यिनलाई कानुनमै व्यवस्था गर्न सकियो भने साँच्चै निर्वाचनमा एउटा जुन किसिमको अपेक्षा गरिएको छ । राजनीतिक दलहरूको राजनीतिक चरित्रको विषयमा । र, त्यसबाट निर्देशित भएर समाज कसरी अगाडि बढ्छ भन्ने विषयमा यो अत्यन्तै ठुलो कोशेढुंगो सावित हुन्छ भन्ने कुरामा म एकदम विश्वस्त छु ।’