विश्व

पाकिस्तानमा विस्फोट हुँदा दुईजनाको मृत्यु, १० घाइते



एजेन्सी, २७ चैत । पाकिस्तानको दक्षिण–पश्चिम बलुचिस्तान प्रान्तको एक बजार क्षेत्रमा भएको बम विस्फोटमा दुईजनाको मृत्यु भएको छ । साथै अन्य १० जना घाइते भएका अधिकारीहरूले बताएका छन् । 

प्रान्तको खुजदार जिल्लामा मोटरसाइकलमा राखिएको इम्प्रोभाइज्ड विस्फोटक पदार्थ विस्फोट भएको प्रान्तका प्रहरीहरूले बताएका छन् । आक्रमणमा प्रहरीहरू भने सकुशल भए पनि घटनास्थल नजिकै इस्लामिक पर्व इद अल–फित्रको लागि किनमेल गरिरहेका सर्वसाधारणको मृत्यु र घाइते भएका थिए । 

महिला र बालबालिकासहितका घाइतेहरूलाई अस्पताल लगिएको छ । अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन । सिन्ह्वा