अर्थ

आजको सुनचाँदीको मूल्य



काठमाडौँ, २७ चैत । आज बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ३६ हजार ३ सयमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रह्दै प्रतितोला १६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।