राजनीति

नवनियुक्त मुख्यमन्त्री कँडेलको शपथ आज



सुर्खेत, २८ चैत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनियताको शपथ बुधबार हुने भएको छ ।

प्रदेश प्रमुखको कार्यालयले दिएको जानकारी अनुसार कँडेललाई प्रदेश प्रमुख तिलक परियारले बुधबार दिउँसो ३ बजे पद तथा गोपनियताको शपथ गराउनुहुने छ  । कँडेलले आजै पदभार ग्रहण गर्नुहुने जनाइएको छ  ।

कँडेल नेकपा (एमाले)का सभामुखसहित १०, नेकपा (माओवादी केन्द्र)का १३ र नेकपा (एकीकृत समाजवादी)का एक गरी २४ जना सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियूक्त हुनुभएको थियो ।