समाचार

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु



काठमाडौँ, २८ चैत । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । 

प्रहरीका अनुसार गोदावरी नगरपालिका-३ दमौरास्थित सडकमा सु.प.प्र.०१००८ प २७४५ नम्बरको मोटरसाइकल मंगलबार राति अनियन्त्रित भई  दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-३ बस्ने ३३ वर्षीय लक्ष्मण भुलको मृत्यु भएको हो । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य १ जनालाई उपचारको लागि मायामेट्रो अस्पताल धनगढी पठाइएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।