अर्थ

परिसूचक नेप्से १०.७१ अंकले घट्यो



काठमाडौँ, २८ चैत । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक बुधबार १०.७१ अंकले घटेर कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बुधबार नेप्से घटेर २०२२.२८ विन्दुमा बन्द भएको हो । तीन अर्ब ४८ करोड ५६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा आएका कुल कम्पनीमध्ये ६३ को सेयर मूल्य बढेको छ । १७६ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्य स्थिर छ ।

माण्डु हाइड्रोपावर, खानीखोला हाइड्रोपावर र पिपुल्स पावर कम्पनीको सेयर मूल्य बढेको छ । माण्डु हाइड्रोपावरको सेयर मूल्य प्रतिकित्ता ६८ रुपैयाँ बढेको छ । खानीखोला हाइड्रोपावरको प्रतिकित्ता १९ रुपैयाँ र पिपुल्स पावरको सेयर मूल्य ४० रूपैयाँ पढेको छ ।

सिंगटी हाइड्रो इनर्जीको सेयर मूल्य १० प्रतिशतले घटेको छ । विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९३ प्रतिशतले घटेको छ ।