अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, ३० चैत । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ  ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन २४ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ३९ हजारमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ५० रुपैयाँले बढेर प्रतितोला १७ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।