विश्व

अस्ट्रेलियामा अन्धाधुन्ध चक्कु प्रहार हुँदा ६ जनाको मृत्यु



सिड्नी, २ बैशाख । अस्ट्रेलियाको सिड्नी सहरको व्यस्त सपिङ सेन्टरमा एक व्यक्तिले अन्धाधुन्ध चक्कु प्रहार गर्दा कम्तीमा ६ जनाको मृत्यु भएको छ । आक्रमणकारी पनि प्रहरीको गोलीबाट मारिएका छन् ।

पाँच जनाको घटनास्थलमा र एक जनाको उपचारको क्रममा मृत्यु भएको बताइएको छ । घटनामा आठ जना घाइते भएका छन् । जसमा एक ८ वर्षीय शिशु पनि रहेका छन् । आक्रमणकारी ४० वर्षीय पुरुष रहेको र उनीबारे प्रहरी जानकार रहेको बताइएको छ । घटना आतंकवादसँग सम्बन्धित नरहेको अधिकारीहरूले बताए पनि आक्रमणको कारणबारे भने खुलाइएको छैन । स्थानीय समयअनुसार दिउँसो तीन बजे वेस्टफिल्ड बोन्डी जंकसनमा यो घटना भएको थियो ।